हजारौं माइलको यात्रा पनि एक पाइलाबाटै शुरु हुन्छ । –लाओ त्सु
जेवु,
१०, ००० (दश हजार रुपैंयाँ) पनि दार्शनिक लाओत्सुको महावाणी जस्तै हजारौं माइलको यात्रा पुरा गर्ने पहिलो पाइला हुनसक्छ । दोलखा जिल्ला हाँवा गाउँ विकास समितिका लाउँ लाउँ खाउँ खाउँका एक कोरी उमेरको हाराहारीमा इत्रिएर रमाउँदै गरेकी कोइँच चेली कञ्चना सुनुवार न्यूरो अस्पताल, वाँसवारीमा शल्यक्रिया गरी उपचार गर्दा गर्दै असामायिक निधन भएको पनि ३ वर्ष पुग्न लागेको छ । मङ्सीर २९ गते अस्पतालको शैय्यामा सधैंको लागि चिरनिन्द्रामा लिन कञ्चनाको सम्झनामा उहाँको परिवारले कञ्चनाले मनमा पालेको अनेक इच्छाहरुलाई पुरा गर्ने आशाले सुनुवार सेवा समाज केन्द्रीय समितिको मातहतमा रु. एक लाखको कञ्चना सुनुवार स्मृति कोष स्थापना गर्नु भएको छ । अहिले सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था कोटेश्वरमा उहाँको नामको स्मृति कोषमा १ लाख ६ सयको कोष छ । सोही कोषको व्याजबाट प्रत्येक वर्ष कुनै पनि आपत विपतमा परेको कोइँचलाई टोकन सहयोगको रुपमा प्रदान गरिँदै आइएको हुँदा यस वर्ष पनि रु. दश हजारमा नघटाई सहयोग प्रदान गरिने भएको हुँदा कस्ता व्यक्तिहरु वा कसलाई सो सहयोग रकम प्रदान गर्दा उचित होला ? सबैको सल्लाह तथा सिफारीसको लागि यो जानकारी सार्वजानिक गरिएको छ ।
————
पुनस्च : गत वर्षको सहयोग पाँचथर ओलने गाविसको दशमी बजारका अग्निपीडिट जयप्रकाश सुनुवारलाई प्रदान गरिएको थियो ।
***सल्लाह सूझावको लागि सार्वजानिक गरिएको सूचना ***
