सुनुवार डट ओआरजी सम्वाददाता
काठमाडौं । येलेथोचे ५०७६ को शाँदारपिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । सुनुवार सेवा समाज केन्द्रीय समितिद्वारा आयोजना गरिएको शुभकामना कार्यक्रममा संस्थापकहरु, सल्लाहकारहरु, पूर्व अध्यक्षहरु र विभिन्न जिल्ला समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
शुभकामना आदानप्रदानका क्रममा बोल्दै सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरका प्रतिनिधि श्याम सुनुवारले शाँदारपिदारलाई विभिन्न समुदयसामु चिनाउनका लागि ललितपुर जिल्लाले विगत पाँच वर्षदेखि शाँदारपिदार पम्परागत झल्कने गरी मनाउँदै आएको बताए । त्यसैगरी सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य रमेश सुनुवारले पुख्र्यौली थलोमा भएको शाँदार रौनकलाई काठमाडौंमा पनि झल्काउनुपर्ने बताए ।
सुनुवार सेवा समाज कतार शाखा उपाध्यक्ष सामुयलले गरेको जुनसुकै कार्यक्रममा सुनुवारहरु आफ्नो भेषभूषामा उपस्थित हुनुपर्ने र सहभागिता बढाउनु पर्ने बताए । त्यसैगरी निवर्तमान अध्यक्ष मनप्रसाद सुनुवारले पहिचानका लागि आफ्नो चाडलाई दशैं तिहारको विकल्पमा मनाइरहेको र हाम्रा समुदायले यो अभियानलाई निरन्तारता दिनुपर्ने कुरा बताए । त्यसैगरी संस्थापक सदस्य प्रेम हाबालीले सहभागिता बढाउनका लागि विद्यार्थीहरुको ठूलो हात रहने कुरा बताउँदै हामीले संस्था स्थापना गर्दा पनि विद्यार्थीले नै धानेकोले अबका दिनमा पनि विद्यार्थीहरुको सहभागिता अनिवार्य बढाउनुपर्ने कुरा बताए ।
संस्थापक सचिव गुञ्जबहादुर सुनुवारले सामाजिक सेवाको आपसी सहयोगका लागि स्थापना भएको संस्थाले आज त्यो धेरै माथि उठेर अगाडि बढेको कुरा बताए । सबै मिलेर यो संस्थालाई अगाडि बढाएमा द्रुतगतिमा विकास हुने कुरा बताउँदै संस्थाले मलाई के दियो भन्दा पनि मैले संस्थालाई के सहयोग दिन सकेँ भन्ने भावनाले सबै सुनुवार एकजुट भएमा सुनुवारहरुको विकास हुने कुरा बताए ।
सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष तथा सभाध्यक्ष रणवीर सुनुवार कार्यक्रममा सम्पूर्ण सुनुवारहरुको महान चाड शाँदारपिदार ५०७६ को अवसरमा हर्षोल्लाससाथ देश विदेशमा रहेका सुनुवारहरुले मनाउन अनुरोध गर्दै सम्पूर्ण किरातलगायत अन्य समुदयलाई शाँदारपिदारको शुभकामना व्यक्त गरे ।
