–कोइँचबु काःतिच (उत्तम)
।। साङसो ।।
चुपलु होपो, दुपलु होपो, मुसो होपो, फुसो होपो, थालो होपो ।
सारिङ मुइलि, जातना मुइलि, दुमा मुइलि ।।
पछिल्लो समय सुनुवार भन्दा गर्व गर्ने कि कोइँच भन्दा गर्व गर्ने भन्ने सवाल जोडतोडले उठेको छ । वास्तवमा अहिले मुखिया, दुवालबन्दी शिकारी, सुनुवार, मार्पाचे राई भनेर आफुलाई चिनाउनेहरु ‘कोइँच’ हुन् । यो नितान्त बौद्धिक वहस हो । खस भाषाको सुनुवार जातीय नामले आदिवासी जनजातिको पहिचान दिँदैन । सुनुवारको अर्थ खोज्यौं भने सुनकोशी वरिपरि वस्ने जाति भनेर चिनिन्छ । तर सुनकोशी नाम नै धेरै पछाडि अर्थात् गोर्खा राज्यको विस्तारसँगसँगै नामाकरण भएको नाम हो । यसैले सुनुवार जातीय नामले सुनकोशी नामाकरण भएपछिको नाम हो भनेर बुझिन्छ । तर हामी खस कुराको सुनकोशी नामाकरण हुनु अगावै सुनकोशी वरिपरि थियौं र छौं । सुनकोशीकै नामवाट जातीय नाम राख्ने हो भने कोइँचहरुले सुनकोशीलाई त ङाकु नामले पुकार गर्छन् । अझै पनि लिकु, बुकु, मोल्कु, खिम्कु, सुबुकु, दुबुकु, ज्याँकु, पोकु, चेस्कु खोला, नदीहरुको नाम छँदै छन् । खोलाटोला अनुसारको जातीय नाम रहेको हो भने पनि सुनुवारलाई ङाकुच भनिनु पर्ने त्यसो भनिदैन । जब खसबाहुन एकल जातीय राज्यको विस्तार भयो त्यसपछि मात्र सुनुवार जातीय नामले व्यापकता पाएको हो । मुख्यतः व्रिटिश गोर्खा भर्तीमा जबर्जस्ती जागीरे बनाएपछि मात्र सुनुवार जातीय नाम अभिलेखीकरण हुँदै आएको पाइन्छ । अझै पनि नजीकका छिमेकी आदिवासी जनजाति तामाङले बोङ्जा, शेर्पाले डाङ्बु, थुलुङले सारसेसी, बाहिङले खिन्ची, दुमीले सुक्सेविम भनेको पाइन्छ । ‘दस किरात एक चेली, एक भान्सा’ कथनमाकतै सुहाचेप्पाको सन्तान कतै जुमुहाङका सन्तान उल्लेख गरिएको पाइन्छ भने रिस उठ्दा कोइँचइतर जातिले मुखमा स्वाद फेर्न ‘चितुवा, किरुवा’ भन्ने गर्दछन् । कतिपय दस्तावेजमा ‘सुनुवार, सुनवार, सुन्वार, सुँदार लेखेको पाइन्छ । कहिले कहीँ झुक्किएर वा हेपेर जानाजान ‘सुनार’ पनि लेखेको भनेको पाइएको छ । तर ‘कोइँच’ को ठ्याक्कै अनुवाद ‘सुनुवार’ भने होइन । यसैले अब ‘कोइँच’ भन्नाले मङ्गोल महावंशभित्रका कुनै पनि एकल मानव प्रतिपादित धर्म दर्शनका अनुयायी नरहेका हिन्दू वर्णाश्रम व्यवस्था अन्तर्गत नपर्ने नेपालको राजनीति र राज्य सञ्चालनको प्राचीन इतिहासमा किरात वंशको प्रथम राजा यलम्बरदेखि अन्तिम राजा खिगुसम्म गरी ३२ पुस्ता राज्य सञ्चालन गरेका र हाल ऐतिहासिक किरात भूमि रोल्वालिङ हिमश्रृङ्खलबाट दक्षिण–पूर्व भएर बग्ने लिखु, तामाकोशी, सुनुकोशी र शाखा नदीहरु खिम्ती, मोलोङ नदी वरिपरिको भूभाग सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, उदयपुर, ओखलढुङ्गा पुख्र्यौली थाँतथलो भएकोराज्यको विभेदित नीतिका कारण वाध्येत्तमकरुपमा विस्थापित भई स्वदेश तथा विदेशभरि छरिएर रहेका, कतिपयले आफ्नो भाषा, धर्म, कला संस्कृति बिर्सिएका भए पनि किरात पूर्खा तथा प्रकृतिपूजक, मुक्दुम दर्शनमा आधारित आफ्नो छुट्टै विशिष्ट संस्कृति, भाषा, कला, साहित्य, परम्परागत संस्था, न्याय प्रणाली, जीवनपद्धति र लिखित अलिखित इतिहास भएका आदिवासी जनजाति भुमिपुत्र, कतै मुखिया, कतै शिकारी, कतै सुनुवार, सुनवार, सुन्वार भनी चिनीएका नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन – २०५८ को अनुसूचि १ मा उल्लेखित सुनुवार भनि बुझ्नु पर्दछ ।
साबिक १० र १२ किपट २४ र १६ थुमका आदिवासी कोइँच होपोहरुको सामुहिक नेतृत्वमा सञ्चालन हुने आफ्नो परम्परागत संस्था ‘कोइँच चुपलु’वर्तमान अवस्थामा साँस्कृतिकरुपमा मात्र सीमित रहेको हुँदा आदिवासी जनजाति कोइँचको हकहितको लागि बोल्ने, लबिङ गर्ने प्रतिनिधिमूलक संस्था, २०४४ सालमा स्थापित, सुनुवार सेवा समाज, नेपाल सरकारको संस्था दर्ता ऐन २०३४ अन्तर्गत २०४७ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सक्रियरुपमा सञ्चालित छ । सिमान्तृत समूहमा पर्ने आदिवासी जनजाति कोइँचको हालसम्म राज्यको कुनै पनि नीति निर्माण तथा कार्यान्वयन निकायमा उपस्थिति वा पहुँच रहेको पाइँदैन ।
आदिवासी जनजातिलाई कसरी बुझ्ने भन्ने नालीबेली
विश्वमा सैंतीस करोड भन्दा बढी जनसंख्या भएको आदिवासी जनजातिहरुको ५००० विविध समुदायहरु भएको विभिन्न अध्ययन तथा दस्तावेजहरुमा उल्लेख छ । ती विविध मूल्य मान्यतालाई बोकेको आदिवासी जनजातिलाई एक सर्वमान्य परिभाषामा सजिलै अटाउन सक्ने कल्पना गर्नु वास्तवमा बेकार हुन्छ । ‘हामी को हौं ? त्यो हाम्रो आत्मनिर्णयको अधिकारको कुरा हो । को पहिला ? आदिवासी कि राज्य ? पछि बनेको राज्यलाई पहिलेको बासिन्दाको बारेमा परिभाषा गर्ने अधिकार हुन्छ कि हुँदैन ।’ भन्ने अन्तराष्ट्रियस्तरमा आदिवासी जनजाति विद्वानहरुको वहस छँदै छ । यसर्थ आदिवासी जनजातिको जेनेभा ककसले आदिवासी जनजाति शब्दको औपचारिक परिभाषा न आवश्यक छ न त वाञ्छनीय छ भन्ने निश्कर्ष निकालेको हो, ता पनि सन् १४९२ अक्टोवर १२ मा एक स्पेनीस सामुन्द्रिक यात्रा दलका नेता क्रिष्टोफर कोलोम्बसको नेतृत्वमा अमेरिका पुगेका युरोपियनहरुले अमेरिकन आदिवासीहरूलाई जबर्जस्ती मजदुर बनाए । ठूलो समूहमा आफ्नो पूख्र्यौली भूमिमै घरेलु, बधुवा, मौसमी र आप्रवासी मजदुर बन्न बाध्य भए। श्रम शोषण भयो । उपनिवेशवादीहरुको पहिलो शिकार आदिवासी जनजाति हुनु परेकोले १९२० को दसकमा न्यूजिलैण्डका माउरी तथा क्यानडाका हाउडेनोसाउनी (इरोक्नीस) परिसंघका आदिवासी नेताहरुले अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्ना मुद्दाहरुको सुनुवाईको अपेक्षा गरी जेनेभास्थित ‘लिग अफ नेशन्स’ समक्ष पुगे । हाउडेनोसाउनीका आदिवासी नेता “देस्काहेह” ले जेनेभामा दुई वर्ष बिताए । आदिवासी जनजातिको मुद्दा विश्व समुदायको ध्यान आकृष्ट गराए । अनि विश्वका आदिवासीहरुले पहिचानको लडाइँ लड्न थाले । संयुक्त राष्ट्र संघ लगायत विश्वका विभिन्न मुलुक तथा अन्तरसरकारी संस्थाहरुले आदिवासी जनजाति चिनारीको आधार, मापदण्ड, विशेषता र परिभाषा बारे अध्ययन गर्न थाले अनि अन्तर्राष्ट्रिय श्रम संगठनले १९२० बाट आदिवासी मजदुरहरुको स्थितिबारे अध्ययनको शुरुआत गरेपछि १९५७ मा आदिवासी तथा जनजाति जनसंख्या सम्बन्धी महासन्धि नं. १०७ ल्यायो । यसको आलोचना सबैतिर भएपछि संयुक्त राष्ट्र संघले १९८१ मा विश्वका आदिवासी जनसंख्याविरुद्ध भएका भेदभाव सम्बन्धी समस्याहरुको अध्ययन गर्न इक्वेडरका अल्फेन्जो मार्टिनेज कोबोलाई विशेष समाधिक्षक नियुक्त ग¥यो । सँगसँगै १९८२ मा आदिवासीहरुको सम्बन्धमा भएको विकासको समिक्षा गर्ने र आदिवासीहरुको अधिकार सम्बन्धि घोषणापत्र निर्माण गर्ने उद्देश्यले आदिवासी विज्ञहरुको एक पाँच सदस्यीय आदिवासी जनसंख्या सम्बन्धि कार्यदल पनि गठन ग¥यो । १९८६ मा कोबोले आप्mनो प्रतिवेदन राष्ट्र संघमा बुझाए । उक्तमा कोबोले पहिलो पटक आदिवासीको परिभाषा यसरी गरिएको छ– “आदिवासी जनताहरु र राष्ट्रहरु ती हुन् जो उनीहरुको भूक्षेत्रमा विकास भएको बाह्यआक्रमण तथा उपवनिवेश पूर्वको ऐतिहासिक समाजहरुको निरन्तरता भएकोले अहिले ती प्रदेशहरु वा तिनका केही भागहरुमा रहिआएका समाजका अरु समूहहरुभन्दा आपूmलाई भिन्न ठान्दछन् । उनीहरु समाजमा प्रभुत्वहीन समुहका रुपमा छन् र उनीहरु राष्ट्र जातिहरुको रुपमा आप्mनो अनवरत अस्तित्वको आधारका रुपमा रहेका आप्mनो पूख्र्यौली भूमि र आप्mनो जातीय पहिचान आप्mनै साँस्कृतिक ढाँचा, सामाजिक संस्था र कानुनी प्रणाली बचाएर राख्न, विकास गर्न र भावी पिँढीलाई पुस्तान्तरित गर्न दृढ छन् ।”
नेपाल सरकारद्वारा अनुमोदित अन्तराष्ट्रिय श्रम संगठन महासन्धि क्रमाङ्क १६९ ले आदिवासी जनजातिले भने यसरी वस्तुगत विशेषताको व्याख्या गरेको छ :
स्वतन्त्र देशको ती प्रजातिहरुलाई लागु हुन्छ, जसको सामाजिक, साँस्कृतिक र आर्थिक अवस्थाहरुले उनीहरुलाई राष्ट्रिय समुदायका अन्य समुदायहरुबाट अलग देखाउँछन्, र जसको सामाजिक, साँस्कृतिक र आर्थिक जीवन वा अवस्था उनीहरुको आफ्नै प्रचलन वा परम्परा वा विशेष नियम कानुनद्वारा पूर्ण वा आंशिक रुपमा चलेका वा नियमित भएका हुन्छन् । (अन्तर्रािष्ट्रिय श्रम सङ्गठन महासन्धि क्रमाङ्क धारा १ उपधारा १. क.)
स्वतन्त्र देशका ती जनताहरु जो आफ्नो देशमा पहिलेदेखि नै बसोबास गरेका समुदायहरुका सन्तान भएको नाताले आदिवासी जनजती मानिन्छन् (जस्तो कि कोइँचहरु लिकु, खिमकु, मोलकु वरीपरीका भूभागमा परापूर्वकालदेखि वस्दै आएका पहिलो मानव वस्ती बसाल्ने जाति हौं । थियौं । छौं ।) अथवा कुनै भौगोलिक क्षेत्र जो विजय वा उपनिवेश वा वर्तमान राज्य सीमा स्थापनाको समयक्रममा (कोइँचको सन्दर्भमा मल्ल तथा गोर्खा राज्यको सीमा विस्तार पस्चात गोर्खाली हुँदै नेपाली भइयो ।) ती राज्यभित्र पर्दथे र जसले आफ्नो जस्तोसुकै कानुनी हैसियतको वावजुद पनि आफ्नो केही वा सबै सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक संस्थाहरु कायम राखेका छन् । (जस्तो कि कोइँचको हकमा कोइँच चुप्लु (चुप्लु समाज) । (अन्तर्रािष्ट्रिय श्रम सङ्गठन महासन्धि क्रमाङ्क धारा १ उपधारा १. ख.)
त्यस्तैगरी विषयगत विशेषताको रुपमा महासन्धिमा यसरी उल्लेख गरिएको छ : यो महासन्धिको प्रावधानहरु लागु हुने, स्वःपहिचान आदिवासी जनजातिको रुपमा यो महासन्धिका प्रावधानहरु लागु हुने समूह निर्धारण गर्ने आधारभूत मापदण्ड मानिन्छ । (अन्तर्रािष्ट्रिय श्रम सङ्गठन महासन्धि क्रमाङ्क धारा १ उपधारा २)
आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी राष्ट्रसंघीय घोषणापत्रले आदिवासी जनजाति शब्दको परिभाषा गर्दैन बरु उनीहरुले भोगेको जातीय, सामाजिक, साँस्कृतिक, भाषिक, आर्थिक, राजनैतिक भिन्नता, विभेद तथा विशिष्ट चिनारीलाई स्वीकार गर्दै आदिवासी जनजाति सो घोषणापत्रको मानव अधिकारका भागिदार हुन भनि पहिचान गर्दछ । घोषणा पत्रको प्रस्तावनामा आदिवासी जनजाति भन्नाले आफ्नै विशिष्टता भएको भूमि, भौगोलिक क्षेत्र र प्राकृतिक स्रोतमाथि आफ्नो कब्जा नभएको, कुनै निश्चित क्षेत्रमाथि ऐतिहासिक निरन्तरता तथा उपनिवेश पूर्व साँस्कृतिक तथा भाषिक विशेषता तथा राजनीतिक तथा कानुनी सीमन्तीकरण जस्ता विशेषताहरुलाई सन्दर्भ बताउँछ ।
यसैगरी विश्व बैंकले पनि आदिवासी संरक्षणको लागि १९८२ मै आदिवासी सम्बन्धि नीति बनाए तापनि विभिन्न कारणले सो नीतिलाई संशोधन गरी १९९१ मा नयाँ कार्यकारी निर्देशिका पारित गरेर २००५ देखि लागू ग¥यो, जसमा आदिवासीको विशेषता यसरी उल्लेख गरेको छ— “क) पैतृक प्रदेश र ती क्षेत्रका प्राकृतिक स्रोतसाधनहरुप्रति प्रगाढ मोह वा आवद्धता, ख) बेग्लै साँस्कृतिक समुहको सदस्यहरुको रुपमा स्वपहिचान वा अरुद्वारा पहिचान, ग) प्राय राज्यभाषाभन्दा वेग्लै मौलिक भाषा भएका वा बोल्ने, घ) परम्परागत सामाजिक तथा राजनैतिक संस्थाहरुको विद्यमानता र ङ) गुजारा उत्पादन उन्मुख आर्थिक पद्धति भएका ।”
१९९२ मा ब्राजिलको रिओ द जेनारियोमा सम्पन्न वातावरण र विकाससम्बन्धी विश्व सम्मेलनले पारित एजेण्डा २१ ले पनि आदिवासीलाई यसरी स्वीकार गरेको छ– “आदिवासी तथा समुदायहरुको आफ्नो भूमिसँग ऐतिहासिक सम्बन्ध रहेको छ र तिनीहरु ती भौगोलिक क्षेत्रका पहिलो बासिन्दाका सन्तान हुन् ।”
यसैक्रममा संयुक्त राष्ट्र संघीय विशेष समाधिक्षक प्रा. एरिका इरेन डायसले आदिवासी सम्बन्धी कार्यदलको प्रयोजनका लागि आदिवासी अवधारणाका सम्बन्धमा भएको अन्तराष्ट्रिय अभ्यास बारे १९९६ मा प्रस्तुत कार्यपत्रमा यसरी समझदारी बनाउन सकिने उल्लेख गरे— “क) समयको प्राथमिकता– आधुनिक राज्यको गठन हुनुपूर्वदेखि नै निश्चित क्षेत्र ओगटेको र अधिभोग गरिरहेको, ख) साँस्कृतिक भिन्नपन– जसमा भाषा, सामाजिक संगठन, धर्म तथा आध्यात्मिक मूल्यहरु, उत्पादनको तरिका, कानुन र संस्थापनहरुलाई स्वेच्छिक रुपमा कायम राख्ने कुराहरु पर्दछन्, ग) स्वपहिचान र अन्य समुदाय वा राज्यद्वारा एउटा छुट्टै समुहको रुपमा मान्यता र, घ) अधिनस्थ, सिमान्तकरण, हरण, वहिस्करण वा भेदभाव कायम हुनु वा नहुनुको अनुभव ।”
आफ्नो लगानी सुरक्षित गर्ने उद्देश्यले विश्व बैंकले जस्तै एसियाली विकास वैंकले पनि आफ्नो आदिवासी सम्बन्धि नीति १९९८ को भाग २ को धारा ८ देखि १२ सम्म आदिवासीहरूको दुई महत्वपूर्ण विशेषताहरु समेटेको छ— धारा ८ मा उल्लेखित बुँदाहरु “क) आधुनिक राज्यहरु वा त्यसका क्षेत्रहरु सिर्जना हुनुभन्दा पहिले तथा आधुनिक राज्यको सीमाहरु परिभाषित हुनुभन्दा पहिलेदेखि एउटा निश्चित क्षेत्रमा बसोबास गरेका जनसंख्या वा समुहहरुका सन्तानहरु ख) साँस्कृतिक तथा सामाजिक पहिचानको निरन्तरता मूलप्रवाह वा प्रभुत्वशाली समाज तथा संस्कृतिहरुभन्दा भिन्न सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनैतिक संस्थापनहरुको जगेर्न ।” धारा ९ मा उल्लेखित बुँदाहरु “क) स्वपहिचान तथा खास समुहको सदस्यका रुपमा अरुबाट पहिचान र त्यो पहिचान संरक्षण गर्ने इच्छाको अभिव्यक्ति, ख) प्रभुत्वशाली वा मूलप्रवाहको समाजको भन्दा भिन्नै आफ्नै भाषिक पहिचान, ग) मूलप्रवाहका राष्टिय समाजबाट भिन्न आफ्नै सामाजिक, साँस्कृतिक, आर्थिक, राजनैतिक परम्परा तथा संस्थापनहरु, घ) मूलप्रवाहको पद्धतिभन्दा बढी उत्पादनको परम्परागत पद्धति तर्पm उन्मुख आर्थिक पद्धतिहरु, ङ) आफ्ना परम्परागत वासस्थान तथा पुख्र्यौलीक्षेत्र तथा त्यो बासस्थान तथा क्षेत्रका प्राकृतिक स्रोतहरुसँग विलक्षण सम्बन्ध र प्रगाढ मोह, च) यस्ता समुदायहरु तथा समुहहरु धेरै जसो भौगोलिक रुपमा दुर्गमक्षेत्रहरुमा बसोबास गर्दछन् र मूल प्रवाहका समाजको राजनैतिक, सामाजिक, साँस्कृतिक तथा आर्थिृक पद्धतिको मोफसलको रुपमा कार्य गर्दछन्, छ) राज्य तथा राष्टिय समाजमा अधिनस्थ स्थिति र विकास प्रक्रियामा सुविधाविहिन जनसंख्याको सबभन्दा गरीब निरीह समुहहरू मध्येका, र ज) विकास प्रक्रियामा सुविधाविहनि स्थिति ।”
यता संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले भने आपैंmले आदिवासीको परिभाषा गरेको छैन तर अन्य अन्तर्राष्ट्रिय संस्थाले प्रयोग गरेका पहिचानका मापदण्डहरुलाई स्वीकार गरेको छ । यस्तै प्रतिवद्धता गर्ने आदिवासी नीति अन्तरअमेरिकी बैंक, युनेस्कोले पनि गरेका छन् ।
फिलिपिन्समा आदिवासीको परिभाषा यसरी गरिएको छ– “आदिवासी साँस्कृतिक समुदायहरु आदिवासी भन्नाले स्वपहिचान तथा अरुद्वारा पहिचान गरिएका मानिसहरुको समुह वा समरुपी समाजहरुलाई बुझाउँदछ; जो सामुदायिक परिवद्ध तथा निश्चित क्षेत्रमा एउटा संगठित समुदायको रुपमा निरन्तर रुपमा बसीआएका छन्, र जसले, अविस्मरणीय समयदेखि स्वामित्वको दावासँगै भू–क्षेत्रहरु ओगटी, भोगचलन गरी तथा उपयोग गरिआएका छन् र साझा बन्धन अवलम्बन गर्दछन्, अथवा जसले, उपनिवेशिकरणको राजनैतिक, सामाजिक तथा साँस्कृतिक अतिक्रमण, गैर आदिवासी धर्म र संस्कृतिको विरुद्ध प्रतिरोध गरेकाले बहुसंख्यक फिलिपिनोहरुबाट ऐतिहासिक रुपमा अलग्गिएका छन् । आदिवासी साँस्कृतिक समुदायहरु आदिवासीहरुले त्यसरी नै त्यस्ता जातिलाई समेट्दछ जो राज्यहरण वा उपनिवेशिकरण, वा गैरआदिवासी धर्म र संस्कृतिको अतिक्रमणको बेला, वा वर्तमान राज्यको सीमाहरु स्थापना गरिएको वेला देशमा बसोबास गर्ने जनसंख्याको सन्तान वंशजका नाताले आदिवासी मानिन्छन् । तिनहिरु आफ्ना ऐतिहासिक थलोभन्दा बाहिर पुर्नवास भएका हुन सक्दछन् तर तिनीहरुले केही वा धेरै तिनीहरुका आफ्ना सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनैतिक संस्थापनहरु कायम राखेका छन् ।”
नेपालमा भने आदिवासी जनजातिको परिभाषा यसरी गरिएको छ : ‘आदिवासी जनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ । (नेपाल सरकार स्थानीय विकास मन्त्रालय, आदिवासी जनजाजि उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐन २०५८, परिच्छेद १ धारा २ । मिति : २०५८/१०/२५/५ मा लालमोहर सदर गरिएको ।) अनुसूचीमा दफा २ को खण्ड – क सँग सम्बन्धित भनेर ५९ आदिवासी जनजातिको सूची राखिएको छ जसको क्रमाङ्क ५८ मा आदिवासी जनजाति सुनुवार उल्लेखित छ ।
नेपालमा आदिवासी जनजाति आपैंmले चाहिँ यसरी आदिवासी जनजातिलाई परिभाषित गरेको छ : ‘आदिवासी÷जनजाति’ भन्नाले साधारणतः हिन्दू वर्णाश्रम भित्र नपर्ने आफ्नो परम्परागत भौगोलिक बसोबासको क्षेत्र, धर्म, संस्कृति, इतिहास, मौलिक मातृभाषा, परम्परागत रीतिरिवाज, साँस्कृतिक पहिचान र सामाजिक संरचना भएको अनुसूचि बमोजिमको आदिवासी जनजातिलाई बुझाउँदछ । (नेपाल सरकारद्वारा आदिवासी जनजातिको छाता संगठनको रुपमा मान्यता प्राप्त संस्था, नेपाल आदिवासी जनजाति महासंघको विधान–२०४७–२०५३ (छैटौं महाधिवेशन २०६३ द्वारा संशोधित) भाग १ : प्रारम्भिक दफा २)
डा. ओम गुरुङको संयोजकत्वमा गठित आदिवासी जनजातिको पुनःसूचीकरण कार्यदलका अनुसार आदिवासी जनजातिको विषेशता : नेपालको सन्दर्भमा आदिवासी जनजाति भन्नाले संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मानव अधिकारका दस्तावेजहरू, घोषणापत्रहरू र अन्तर्राष्ट्रिय कानुनहरूमा उल्लेख गरिएका विशिष्ट अधिकारहरूका हकदार भएका समुदायहरू हुन् भनी मान्नु पर्दछ ।
- नेपालका आदिवासी जनजातिहरू आधुनिक नेपालको राष्ट्र राज्य निर्माणभन्दा अगाडि देखि नै आफ्नोे पूख्र्यौली भूमिमा बसोबास गर्दै आएका र आफ्नो पुख्र्यौली भूमिस।गको विशिष्ट सम्बन्धको ऐतिहासिकतालाई निरन्तरता दि।दै आएको तर आधुनिक नेपाल राष्ट्र राज्यको निर्माणदेखि नै राष्ट्रिय राजनीतिको मूलधार तथा राज्य संचालन एवं नीति निर्माण प्रक्रियाबाट सीमान्तीकृत गरिएका, सामाजिक–सांस्कृतिक, भाषिक, धार्मिक विभेदमा परेका प्रभुत्वहीन समुदायहरू ९लयल(मयmष्लबलत नचयगउक० हुन्, जो आफ्नो विशिष्ट र छुट्टै सांस्कृतिक र जातीय पहिचानलाई संरक्षण र विकास गर्दै आफ्ना भावी पुस्ताहरूलाई आफ्नो पुख्र्यौली भूमि, सांस्कृतिक तथा जातीय पहिचान हस्तान्तरण गर्न चाहन्छन् ।
- आदिवासी जनजातिहरू आधुनिक नेपाल राष्ट्र–राज्य निर्माणको क्रममा तत्कालिन शासक वर्गहरू र राज्य व्यवस्थाले अड्डिकार गरेको आन्तरिक उपनिवेशवादी जस्तै नीति तथा व्यवहारले गर्दा आफ्नो पूख्र्यौली भूमि र स्रोतमाथिको स्वामित्व र पारम्पारिक अधिकार गुमाएका र कालान्तरमा आदिवासी जनजाति पहिचानकै कारणले सामाजिक अवसरबाट वञ्चितीकरणमा परेका र विकासको स्रोतमाथि कुनै पहु।च नभएका समुदायहरू हुन्
- आदिवासी जनजातिहरू हिन्दू धर्ममा आधारित वर्ण व्यवस्थामा नपर्ने तथा सन् १८५४ को मुलुकी ऐनले मासिने (दासदासी बनाउन पाइने) र नमासिने (दासदासी बनाउन नपाइने) मतवालीको संज्ञा दिई जाति व्यवस्थामा सम्मेलीकरण गरी स्तरकरण गरिदिएका समुदाय हुन् । उनीहरूको सामाजिक संरचना समानतामा आधारित छ र ती समुदायभित्र हिन्दू वर्ण व्यवस्थामा जस्तो सामाजिक विभेद हु।दैन ।
- आदिवासी जनजातिहरूको साझा भाषा, धर्म, संस्कार र संस्कृति हुन्छ र उनीहरूको साझा उत्पत्तिको लिखित वा अलिखित इतिहास हुन्छ ।
- आदिवासी जनजातिहरूको आफ्नो पुख्र्यौली भूमि, भौगोलिक क्षेत्र र प्राकृतिक स्रोतसँग विशेष सम्बन्ध रही आएको हुन्छ । यस्तो विशेष सम्बन्ध भौतिक जीवनस।ग मात्र नभएर उनीहरूको सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक जीवनस।ग पनि सम्बन्धित हुन्छ ।
- आदिवासी जनजातिहरूले आपूmलाई अरूभन्दा भिन्न छौ भनी स्वपहिचान गराउँछन् र उनीहरूको स्वपहिचानलाई अन्य समुदायले पनि मान्यता प्रदान गर्दछन् ।
- आदिवासी जनजातिहरूमा हामी भन्ने सामूहिक मनोवैज्ञानिक भावना हुन्छ र सामूहिकतामा आधारित सम्बन्धहरू हुन्छन् ।
- आदिवासी जनजातिहरूको जीवन पद्धति उनीहरूको आफ्नै प्रथाजनित कानुन र परम्परागत संस्थाहरूमा आधारित रहेको हुन्छ ।
- आदिवासी जनजातिको परम्परागत आर्थिक जीवन पद्धति जल, जमिन र जंगल आदि प्राकृतिक स्रोतमा आधारित गुजारामुखी आर्थिक उत्पादन प्रणालीमा निर्भर हुन्छ ।
- आदिवासी जनजातिहरूले देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डता अभिभाज्य रहने गरी राज्यको संरचनाभित्र रहेर आत्मनिर्णयको अधिकार र जातीय–क्षेत्रीय स्वशासनको अधिकार उपभोग गर्छन् र गर्न चाहन्छन् ।
- आदिवासी जनजातिहरू संघीय गणतन्त्र नेपालको संविधानको अनुसूचीमा सूचीकृत भएका समुदायहरू हुन् ।
अवश्य पनि यी माथिका आदिवासी जनजाति को हुन्, के हुन्, कसरी हुन्, कहाँको हुन् भन्ने हरफ हेरेर आदिवासी जनजातिको नालीबेलीको आँतभ्याऊ थाहा पाएपछि अवश्य पनि आम कोइँच सुनुवार बन्धुले हाम्रो सामुहिक आादिवासी जनजातीय नाम कोइँच हो कि सुनुवार अवश्य नजर अन्दाज लगाउनु हुने छ र मन मथिङ्गलमा मही पार्नु हुने छ ।
मातृभाषा प्रतिको अग्रजहरुको लिँडे तर्क र युवाहरुको उदासिनता
संस्कृति, थाँतथालो सँगसँगै भाषा पनि पहिचानको अर्को आधार हो । कोइँच आपैंmले देवनागरी लिपिमा कोइँच भाषा लेख्न थालेको २०१३ सालदेखि भए पनि अंग्रेजीमा भने सन् १८६७ बाटै अभिलेखिकरण हुँदै आएको छ । अहिले कोइँच भाषामा पाठ्यपुस्तक, अन्य सिर्जनात्मक साहित्यिक पुस्तक प्रकाशन, रेडियो कार्यक्रम, वेबसाइडहरु सञ्चालन, विभिन्न अडियो भिडियो र लघु चलचित्र निर्माण भएका छन् । यस भाषामा दुई वटा विद्यावारिधीको शोधपत्र तथा एउटा एम एको शोध पत्र पनि तयार भएको छ । कोइँच भाषाको लेखन कार्य भर्खरै मात्र भएको छ । र, यो व्यवसायिक लेखन कार्य होइन । न त यो भाषा राज्यको आँखामा पर्न सकेको भाषा हो । यो भाषा उनै मातृभाषाप्रेमीहरुको मायाको कारण बाँचीरहेको छ । अझ कोइँच मातृभाषालाई मानकीकरण गर्न कोइँचबु काःतिच (उत्तम) को संयोजन, रणवीर सुनुवारको व्यवस्थापन, भाषा वैज्ञानिक प्रा. डा. माधवप्रसाद पोखरेलको बौद्धिक सहयोग भाषा तथा संस्कृति विभाग–सुनुवार सेवा समाज केन्द्रीय समिति, सुनुवार महिला समाज केन्द्रीय समिति र सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिको सक्रिय संलग्नतामा क्यूइँतबू कल्याण कोष र चुप्लु समाजले मिति २०६५ साल कार्तिक १ र २ गते आयोजना गरेको कोइँच (सुनुवार) भाषा, वर्ण पहिचान तथा निर्धारण कार्यशाला गोष्ठीले सुनुवार भाषामा २७ व्यञ्जन वर्ण अ क ख ग ङ च छ ज ट ठ ड त थ द न प फ ब म य र ल व श स ह ब र ६ वटा स्वर वर्ण अ आ इ उ ए ओ रहेको साथसाथै अनुनासिक र मात्र, बलाघात, तान खण्डेत्तर वर्ण रहेको पनि निकर्ष निकालिएको थियो ।
जतिबेला कोइँच भाषामा कुनै लेख रचना प्रकाशित हुँदैन थिए । गीत/संगीत, चलचित्र तथा रेडियो कार्यक्रम, समाचार लेखन हुँदैन थियो । कोइँच भाषामा कुनै चुनौति र समस्याहरु थिएनन् । अहिले ती सबै चीजको उपलब्धता वा उत्पादन, प्रसारण भयो । समस्याहरु जटिल रुपमा अगाडि आए । त्यसरी आएको समस्या पनि सबैमा बाँडिन सकेको छैन । जो जो मातृभाषा (राज्यबाट सुविधा वञ्चित) मा काम गर्दै आएका छन् उनीहरुमा यो समस्या थोपरिएको छ । यसैले यसको निकासाको लागि अनेक उपायको खोजी गर्नु पर्ने भएको छ । तर त्यसको निराकरण मातृभाषीहरुको मात्र समस्या होइन राज्यको पनि समस्या हो । हुन त भाषा संस्कृति सम्बन्धि हेर्ने जिम्मा नेपाल प्रज्ञा प्रतिष्ठानको हो तर त्यो प्रतिष्ठान खस तथा संस्कृत भाषीको मात्र भएकोले पनि यस्तो समस्या त्यसै थन्किएर बसेका छन् । निराकरण हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्र तथा अनौपचारिक शिक्षा केन्द्रमा पनि कुनै त्यस्तो चुस्त, उत्साहजनक योजना भएको पाइँदैन न त शिक्षा विभागमा नै छ । यता साझा प्रकाशनले त कुनै काम गरेको नै छैन् । रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि कोइँच भाषाको उपस्थिति छैन । तर कोइँचहरु आपैंmले साहित्य विकास तथा समाचार प्रसारण गर्नको लागि फट्टफुट्ट पत्रपत्रिका भने निकालेको र धक्कु लगाउनकै लागि सा–साना एक दुईवटा काम आफ्नै मातृभाषामा गरेकोसम्म पाइन्छ त पनिदेवनागरी लिपिमा कोइँच भाषा लेख्दा मनपरी र भद्रगोल तरिकाले अगाडि बढेको छ । मुख्यतः म जान्दछु (जो जान्दैनन् र उनीहरुको विषय नै होइन) भन्नेले भाषाको उछितो काढेको देखिन्छ । हाल देवनागरी लिपिमा कोइँच भाषा लेख्दा देखिएको भोगिएको चुनौति र समस्याहरुः
- कोइँच भाषामा खण्डीय वर्ण मात्र नभई खण्डेत्तर वर्ण पनि भएको हुँदा ध्वनि तात्विक तथा वार्णिक आलेखन पूर्णरुपमा हुन नसकेको कारण समस्या आएको । जस्तै : मात्रा भनेको के हो वा कसरी चिन्ने ? तान भनेको के हो ? र
- कसरी चिन्ने वा पत्ता लगाउने ? कोइँच भाषामा कति वटासम्म तान छन् ? बलाघात भनेको के हो ? यसको उच्चरण कसरी हुन्छ ? मात्रा, तान, बलाधात र कण्ठ्या वर्णमा के के अन्तर छन् ? यिनीहरुलाई देवनागरी लिपिमा कसरी चिनाउने हो ?
- परम्परागत खस, संस्कृत नेपाली र अंग्रेजी व्याकरणबाट दिक्षीत यथास्थितिवादी कोइँचलाई भाषा वैज्ञानिक रुपमा गरिएको वर्ण निर्धारणलाई कसरी अनुशिक्षण तथा जनजागरण गर्दै लैजाने ?
- सहरमुखी कोइँच वक्ताहरुलाई पहिलो सूचक र सामार इन्सिच्युटले बाइबाल अनुवाद गर्न तयार पारेको कोइँच वर्णमालाको आधारमा कोइँच बस्तीमा प्रर्याप्त समय बसेर अध्ययन नगरी प्राज्ञिक शोध गरिएको र त्यसकै आधारमा अन्य व्यक्तिहरुले पनि सिको गरेको हुँदा भाषाको लेखनमा एक रुपता आउन नसक्नु र उच्चारणमै पनि एक रुपता आउन नसक्नु ।
- कोइँचहरुमा पहिचानको राजनीतिमा प्रयाप्त चेत नहुनु ।
- राज्यको एकल भाषा नीतिलाई प्रवद्र्धन गर्न बनेको पाठ्यक्रम तथा शिक्षा प्रणाली ।
- आगन्तुक शब्द प्रविष्टी गर्ने नियमका सम्बन्धमा प्रयाप्त छलफल नहुनु ।
- लेखन पद्धतिको विकास भर्खरै हुनुले पनि पाठकले पढ्न गाह्रो मान्नु ।
- अध्ययन बानी नहुनु वा विद्यालय व्यवस्था नहुँदा पढ्ने अभ्यास नहुनु ।
- राज्यबाट कुनै पनि मातृभाषा लेखन, पठन–पाठन, कथा–कविता वाचन, गोष्ठी, सम्मेलन तथा साँस्कृतिक कार्यक्रमको आयोजना नहुँदा प्रयाप्त लेखकको जन्म नहुनु ।
- राज्यले अन्तरदेशीय साँस्कृतिक आदनप्रदान कार्यक्रम नराखी काठमाडौं केन्द्रीत वा शहरमुखी कार्यक्रम सञ्चालन नगर्दा युवाहरु आकर्षित नहुनु । (ो समस्या अल्पसंख्यक मातृभाषीहरुमा बढी छ ।
को हुन् कोइँचका मानवअधिकार उलङ्घनकर्ता ?
धेरै आदिवासी जनजाति तथा कोइँचहरुले आदिवासी जनजाति तथा कोइँचहरुलाई आफ्नै मान्छे वा आफन्त ठान्ने गरेका छन् र जस्तो सुकै गैर–कानुनी कार्य गरे पनि ढाकछोप गर्ने गरेको पाइन्छ । तर सबै आदिवासी जनजाति तथा कोइँचहरु आदिवासी जनजाति तथा कोइँचका मित्र शक्ति वा शुभचिन्तक हुन् भनी ठान्नु मूर्खता हो । कोइँचहरु नै पनि कोइँचको सामूहिक मानवअधिकारलाई हत्या गर्ने हत्यरा भए, रहेको सबैलाई विविदै भएको कुरा हो । त्यस्ता व्यक्ति, जसले कोइँच तथा आदिवासी जनजातिको मानव अधिकर उलङ्घन र दुरोपयोग गर्छ, लाई सामाजिक बहिस्कर गर्नका साथै कानुनी कठघरामा उभ्याउन सबै कोइँच, आदिवासी जनजाति एक जुट हुनु अत्यावश्यक भएको छ । जो कोइँच भएर कोइँचको चिनारीलाई नुनचुक छर्किन्छ र सामूहिक मानव अधिकारलाई निमिट्यान्न पार्ने काम गर्छ वास्तवमा त्यस्तो चरित्रका कोइँच लगायत अन्य आदिवासी जनजातिहरु कोइँच र आदिवासी जनजातिकै दुश्मन, प्रगतिका वाधक तत्व हुन् । सबै सचेत कोइँचले आफ्नो मानव अधिकार कहाँ, कसले, कसरी उलङ्घन भए, गरेको छ थाहा पाउनु वा जानकारी राख्नु अति आवश्यक छ :
- जसलाई कोइँच मातृभाषा बोल्न आउँछ तर बोल्दैन र अरुलाई पनि बोल्न हतोत्साही गर्छ ।
- जो कोइँचले कोइँचको परम्परागत जीवन पद्धतिलाई खिल्ली उडाउँछ र अरुलाई अवलम्बन नगर्नु भन्छ ।
- जो कोइँचले हिन्दु, क्रिश्चियन, बौद्ध भएको गर्व गर्छ तर कोइँचको मुक्दुम र मुल्केमको घृणा गर्छ ।
- जो कोइँचले सामुहिक अधिकारको बरखिलाफमा वाकलता गर्छ । व्यक्तिगतरुपमा आफुलाई सर्वेसर्वा ठान्छ र विभिन्न मुद्दा मामिला गरेर दुःख दिन्छ ।
- जो कोइँचले खस–बाहुन, युरोपियन गोरालाई फाइदा पुग्ने तर कोइँचको उठीवास लगाउने काम गर्छ ।
- जसले कोइँचको बारेमा नकरात्मक सोँच र कुदृष्टि राख्दछ ।
- जसले कोइँच भाषाको साहित्य र सञ्चारलाई घृणा गर्छ र अरुकै साहित्य र सञ्चार ठूलो ठान्छ ।
- जसले पोइँबो–ग्याँमि र नाअÞसोको गलत प्रचारप्रसार गर्छ । तर उनीहरुको जीविकोपार्जन र स्थायित्वको वारेको सोच्दैन ।
- जसले कोइँचको आन्तरिक कुरालाई पारदर्शिताको नाममा सार्वजानिक गर्छ र आफ्नो बारेमा अरु वा अन्य समुदायले नै निर्णाय गर्नुपर्छ भन्छ ।
- जसले कोइँचको देवीदेवतालाई भूत पिशाच भनेर व्याख्या गर्छ र अन्य धर्मको देवीदेवतालाई महान चामात्कारिक देवी देवता भनेर मान्छ ।
- जसले आफ्नो मौलिक पोशाक, बाजागाजा, नाचगानलाई नौटंकी भनेर टिप्पणी गर्छ ।
- जसले राज्यको विभेदपूर्ण व्यवहारका कारण कोइँचको उन्नति हुन नसकेको भन्ने बुझेर पनि कोइँचको चालचलन, संस्कार–संस्कृति संरक्षण प्रवद्र्धन कार्यमा जुटेकाहरुलाई गाली गलौज गर्छ ।
- जसले ढोल झ्याम्ट पोल्ने, लागापारगि भत्काउने काम गर्छ र कोइँचको पवित्रभुमि, मन्दिरमा फोहर गर्ने, भत्काउने, र अनादार गर्ने कार्य गर्दछ ।
- जसले कोइचहरुको पहिचान बिपरित राज्यको बिभेदकारी नीतिको समर्थन गर्दछ ।
- जसले वेद, वाइबाल, त्रिपिटिक हामी कोइँचको हो भन्छ र कोइँच वस्तीमा प्रचारप्रसार गरेर हिड्छ ।
- जसले आफ्नो संस्कार–संस्कृतिलाई बुझेकै छैन
- जसले नेपाल हिन्दू अधिराज्य हुनुपर्दछ, धर्मनिरपेक्ष राज्य हुनुहुँदैन भन्छ ।
- जसले खस नेपाली भाषा मात्र सरकारी कामकाजको भाषा हुनुपर्छ भन्छ ।
- जसले दशैं, क्रिस्मसलाई कोइँचको एक मात्र महान राष्ट्रिय चाड हो र कोइँचको चाडपर्वलाई केही पनि होइन भन्छ वा ठान्छ ।
- जसले मातृभाषामा शिक्षा र मातृभाषाको प्रयोगका बारेमा विरोध गर्छ वा आफ्नो घरमा मातृभाषाको प्रयोग गर्न प्रतिवन्धा लगाउँछ ।
- जसले आत्मनिर्णयको अधिकार र जातीय स्वायत्तताको विरोध गर्छ ।
- जसले आफु अहिन्दू वा अक्रिस्चियन कुलमा जन्मेकोमा आत्मग्लानी अनुभव गर्छ ।
- जसले सामाजिक तथा साँस्कृतिक कार्यमा प्रयोग हुने जाँडरक्सी खान पिउनमा प्रतिवन्ध लगाउँछ वा खानेहरुलाई अपहेलना गर्छ ।
- जसले आदिवासी जनजातिहरुको पारम्पारिक प्रथा अन्तरगत हुने मामाचेला, फुपुचेला, भाउजु जस्ता विवाहमा प्रतिवन्ध लगाउनु पर्छ भन्छ ।
- जसले जातीय छुवाछुत र उँचनीच जस्ता गलत कुराहरुमा विश्वास राख्छ ।
- जसले आदिवासी जनजातिका देवीदेवता, तीर्थस्थल, ठाउँ आदिहरुलाई भौतिक र धार्मिक हिसाबले तहसनहस गर्ने र हिन्दू देवी देवताको नामकरण गर्छ ।
- जसले आफ्नो विशिष्ट थर र आदिवासी जनजातीय पहिचान हुँदा हुँदै पनि हिन्दू, क्रिस्चियन र बौद्धहरुको नाम, थर, गोत्र, जातसँग पहिचान गर्ने, गराउने काम गर्छ ।
- जसले आदिवासी जनजातिको नाममा छुटाएको सरकारी रकम अन्य गैर आदिवासी जनजातिय काममा लगाउँछ ।
- जसले पार्टीको सिद्धान्त कोइँचमा थोपारेर आफु नेता हुन खोज्छ ।
कोइँच मातृभाषा बोलेको छैन वा बोल्ने प्रयास गरेको छैन वा लेख्ने कोशिश नै गरेको छैन । उ जान्ने भएर कोइँच (सुनुवार) को धर्म, कला–संस्कृति भाषा–साहित्यलाई परिमार्जन गर्नुपर्छ भन्छ वा बदल्नु भन्छ । किनकि उसको दिमागमा कोइँचपनबाट सोच्ने र गर्व गर्ने क्षमता हुँदैन छैन र अरुकै शिक्षा वा संगतमा अन्धभक्त भएको छ त्यस्तो गिदीले कहिल्यै कोइँचको भलो चिताउँदैन । उसको गिदीमा जो जसले जे भरि दिएको छ त्यहि मात्र ठीक हो भन्ने सोच्छ । हाम्रा पढन्त लेखन्त कोइँचहरु त्यस्तै छन् जसलाई हामी पढेलेखेका मुर्ख पनि भन्ने गरिन्छ ।
र, अन्त्यमा
नेपालमा मनुस्मृतिको प्रभावमा जयस्थितिको थिति र मनुस्मृतिमै आधारित जङ्गबहादुरको मुलुकी ऐन ई. १८५४ ले गर्दा जाती अथवा जनजातिमाथि हिनताको भावना थोप¥यो । … ई. १८२५ मा सुनुवारहरुले धान खेतको किपट थाँती राखेर हिन्दु धर्म अँगाले … । (गुरुङ, : मे २००६, पृ. ५४)
हिन्दु धर्म त हिजैदेखि राज्यले लादेकै हो कोइँचहरुलाई । तर आफुलाई बुझ्नु र आफ्नो पहिचान निर्माण गर्नको साट्टो कोही कोइँच बन्न नसकेर क्रिश्चियन भएका छन् । कोही बौद्ध धर्माबलम्बी । कोही के, कोही के । यति हुँदा हुँदै पनि कतिपय “कोइँच” भने आफ्नै मौलिक परम्परा अँगालो मारेर बासेको छन् । तर उनीहरु नै राज्यको सुविधाबाट बञ्चित पनि छन् । यसर्थ अब खाँटी कोइँच को हुन् ? चिन्नु चिनाउनु र स्पष्ट किटान गर्नु अत्यावश्यक भएको छ । नभए कोइँच बन्न नसकेर सुनुवार भएको नाममा विज्ञान र प्रविधिको ओत लागेर उत्तरआधुनिकताको खोल ओड्दै उत्तर उपनिवेश लाद्दै जाने वंश हत्यराको हुलले सलह जस्तै कोइँच जैविक भूमि लछेप्पै ढाक्ने छन् । कोइँचलाई खर्लप्पा निल्ने छ ।
खाँटी कोइँच बनेर ‘कोइँच राष्ट्र’ को निर्माण गर्न मूलवस्तीबाट टाढिएका, धर्म परिवर्तन गरेका, र मातृभाषा नआउने कोइँचहरुले ‘गो कोइँच नाङ’ भन्न अप्ठ्यारो नमाने हुन्छ जोलाई कोइँच हुनुमा कोइँच भाषा, मुक्दुम, परम्परा, धर्म–संस्कृतिमा गर्व छ । यसैले कोइँच राष्ट्र को हुन् ? को होइनन् ? कोइँच पहिचानको सन्दर्भहरु के के हुन पछिल्लो पुस्ताको लागि इतिहास सङ्लो राखौं । थुपारौं पहिचानका सन्दर्भ स्रोतहरु । लेखौं कोइँच पहिचानको खाँटी इतिहास आफ्नै हातले । डा. हर्क गुरुङको यो भनाइलाई मूल मन्त्रको रुपमा जप्दै ‘…आफ्नो जातीय इतिहासलाई अर्काको लिखित भाषामा खोज्नु व्यर्थ र अनर्थ हो । इतिहास कहिल्यै निष्पक्ष हुन सक्तैन । त्यो शक्तिशालीको व्याख्या मात्र हो । आफ्नो इतिहास आपैंmले लेख्नुपर्छ ।…

कोइच सुनुवार का बिशाये लेखक जिउ नमस्कार /
लेख सारै राम्रो हो अनि छ/तर यो लेखे अनुसार का दस्ता बेज पनि त सरकार समक्छे हुनु पर्ने हैन-र ? मेरो भनाई त्यो हैन कि कुनै दोष रोपन को कुरो छैन अनि हैन तर यो लेख कहाँ बाट अनि कसरि अनि कहाँ पाईन्छ वा संघ दरवार जलेर गयो भन-ने कुरा त नसुने को हैन कि त्यहाँ अझै छ वा कुन पुस्तक मा कहाँ पाईन्छ त्यो पनि जानकारी वा कुन ब्याक्ति ले लेखेको लेख हो यो पनि त प्रस्ट थाहा पाउनु पर्यो नि हैन-र /हो हामि लाई जान कारी मा आयको सोवार्गिये हर्क गुरुङ जिउ ले येस्ता कुरा मा डोक्टर हासिल गरेको कुरो सुन्नु मा आएको कुरो पक्कै हो तर एसको एउटा प्रमाण को लागि पनि त चाहियो नि हैनर भन-ने मेरो जिज्ञासा हो /एस्लाई आन्नेथा नठान्नु होला / हामि सुनुवार कोइच इतिहास कालखण्ड मा मानत्र को सासन त चलाएकै हो/यो कुरो सबै मा जगजाहेरै छ तर यो अहिले को नेपाली भुमि मा रहेका सुनकोसी को कुरो आउदा पहिला सुनुवारी भाषा मा नेपाल भानिन्थियो अहिले को काठमाडौँ लाई खै यहाँ का मटमन्दिर हरु का कुरा पनि त सुनुवार को नाता ले लेख्नु त पर्ने थियो कहाँ गाएब भो तेस्त संबेदनसिल कुरो भनने पनि सोच धेरै सुनुवार का बिशाये मा बुझने सुनुवार कोइच हरु को सवाल पनि सोवाभिकै हुनु सक्छ भन्ने मेरो पनि कुरो हो / तेस्कारान मुक्खे कुरो इतिहास हाम्रो मुक्खे दस्ताबेज भएका ले अब हामि किराती को नेपाल हुनु पर्छ भन-ने कुरो गरे कसो /अनि किन अरुजात जाति को हुनु पर्छ तर भुमि सम्बन्धि हैन कुरो आदिबासी को पनि पहिलो आदिबासी अनि पछिको आदि बासि को कुरो गर्ने कि नगर्ने यो पनि जटिलता को बिशाये बनेको छ कारण सबै जाति किराती हरु भन्दा पहिला त आएका हैनन् यो भुमि मा तेस्तो कुरो पनि सबै सुनुवार कोइच हरु ले बुझनु अवासेक्ता छ अनि देखियो / अनि अन्त मा एस्तो लेख भन्दा एसको प्रमाण कहाँ बाट लेखियो वा सुनुवार कोइच को ताम्बा पत्र बाट उतारेर लेखेको हो भने पनि प्रमाण सहित लेखे अति राम्रो हुने थियो भन-ने मेरो भनाइ हो हजुर एस छोटो लेखे हरु मा कुनै गल्ति भए सुधारी लिनु होला मेरो अनुरोध/
पदम कुमार सुनुवार जेस्पुचा सुर्येबंसी किराती (बेलायेत)
पुर्खा हरु-ले सिकाएको कोइच सुनुवार को चलन अन्तमा १० औला जोडी हजुर पाठक मित्र हरु लाई मेरो सेउ/