सम्पादन मण्डल

सम्पादक
उत्तमकुमार सुनुवार (कोइँचबु काःतिच)
प्रधान सम्पादक (पाठ्यपुस्तक तथा ढाँचा)

डा. लाल रापचा
प्रबन्ध सम्पादक (अंग्रेजी अनुवाद, आइपिए लेखन तथा शुद्धशुद्धि)

२०५५ सालमा सुनुवार विद्यार्थी समाजको सदस्य भए पस्चात आदिवासी कोइँचको मानवाधिकारका संरक्षणार्थ अभियानमा लाग्नु भएको हो । सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंको कार्यकारिणी सदस्य, कोषाध्यक्षको पदभार सम्हाल्दै आएकी सुनुवार, सुनुवार महिला समाजका केन्द्रीय सचिव, सुनुवार सेवा समाज संघीय समितिको कोषाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद सदस्य समेत हुनुहुन्छ । श्रष्टा चौतारी पुरस्कार, बेलायतबाट सम्मानित उहाँ कोइँच मातृभाषाको पहिलो कवयित्री पनि हुनुहुन्छ । उहाँका खुरिनदाँखिन, उरुर र साङ्मि कविता सङ्ग्रहसमेत प्रकाशित छन् । अहिले इञ्डिजिनिअस टेलिभिजनमा कार्यक्रम प्रस्तोतका रुपमा कार्यरत हुनुहुन्छ ।

रणवीर सुनुवार
अध्यक्ष

प्रकाशक
सुनुवार सेवा समाज
संघीय समिति, काठमाडौं ।
प्रथम संस्करण ५०८० वि.सं. २०७६

पाठ्य पुस्तक वाहेक सर्वाधिकार सुनुवार सेवा समाजमा ।

वेभ विकास
राजकुमार तामाङ
हाइलक्स प्रा.लि, काठमाडौं ।

 

व्यवस्थापन मण्डल

किशोर सुनुवार

काःतिचको पुख्र्यौली थलो काःत, पेलुमा २०३० मा जन्मेका केसरबहादुर सुनुवार सामाजिक अभियन्ता तथा सञ्चारकर्मी हुन् । प्रारम्भिक शिक्षा कुण्डली प्रा.वि. काःतीबाट थालनी गरी हिमागंगा मा.वि. दोलुबाट प्रवेशिका उत्तीर्ण गरी नेपालखाल्डोमा उच्चा शिक्षा हाँसिल गर्न भासिएका उहाँ अहिले जनलय टिभीका अध्यक्ष, अगुल्टो साप्ताहिकका प्रबन्धक समेत हुन् । सुनुवार सेवा समाज कतारका कार्यवाहक अध्यक्ष मात्रै नभइ गैर आवासीय नेपाल समाजका सदस्य समेत भइ हुन् । हाल सुनुवार सेवा समाज संघीय समिति आर्थिक विभाग सदस्य सुनुवार कोइँच एप्स निर्माण समितिका संयोजक छन् ।

सह संयोजक : गोपालबहादुर सुनुवार 
बुजिचहरुको पुख्र्यौली थलो काःत, थिँःकापमा २०३० मा जन्मेका गोपालबहादुर सुनुवार समाजसेवी तथा चस्मा निर्माण व्यवसायी हुन् । प्रारम्भिक शिक्षा ... पिपलडाँडा थिँःकापमा लिएका सुनुवारले सानै उमेरदेखि नेपालखाल्डोमा पसेर संघर्ष गरीरहेका चस्मा निर्माण व्यवसायी तथा कोइँच समाजका लागि मरिमेट्ने समाजसेवी हुन् । धेरै समय सुनुवार सेवा समाज काठमाडौं क्षेत्रीय समितिका कोषाध्यक्ष भएका उहाँ अहिले सुनुवार सेवा समाज काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष हुनका साथै सुनुवार समाज ऋण तथा वचत सहकारी संस्थाका उपाध्यक्ष हुन् ।


कोषाध्यक्ष : पारु सुनुवार पार्वती सुनुवार
कटरी ताराघारीमा .... मा जन्मेका पर्वती सुनुवार समाजसेवी हुन् । .... बाट प्रारम्भिक शिक्षा शुरु गरेका सुनुवारले २०३० मा विवाह गरेपछि काठमाडौंलाई कर्मथलो बनाएर समाजसेवा निरन्तर लागीरहनु भएको छ ।


जीवनकुमार सुनुवार
फाचे अम्बिका प्रा.वि.बाट प्रारम्भिक शिक्षा हाँसिल गरेका जीवनकुमार सुनुवार कोइँच पहिचानको लागि निरन्तररुपमा लागिपर्ने युवा हुन् । उच्च शिक्षाको लागि काठमाडौं खाल्डोमा पसेपछि कोइँच पहिचानको लागि चासो राख्ने र जनचेतना जगाउने काममा निरन्तरता दिँदै आएका सुनुवार सुनुवार सेवा समाज संघीय समितिका सदस्य समेत हुन् ।

सदस्य सचिव : शिवा सुनुवार
जनकपुर अञ्चल रामेछाप जिल्ला साविक कुबुँ काँस्थली गा।वि।स। वडा नं। २ हाल बाग्मती प्रदेश रामेछाप जिल्ला उमाकुण्ड गाँउपालिका वडा नं। ३ कास्तेल लाँफार निबाशी अडिलध्वज सुनुवारको नाति चोकबहादुर सुनुवार र भक्तमाया सुनुवारको माईलो छोरा शिव सुुनुवारको प्रारम्भिक शिक्षा चण्डेश्वरी नि।मा।बि मा भएको थियो । सिद्धेश्वर उ।मा।बि। बाट एस।एल्।सि। उत्तिर्ण गरी सुनुवारले सोहि वर्ष नेपाली सेनामा प्रवेश गरि १६ बर्ष सेवापस्चात २०७५्१०्१९ मा नेसेवा निवृत हुनुभयो । सेवानिवृतपछि साहित्यीक लेखनमा लाग्नुभयो र सानीको साईनो उपन्यास प्रकाशन गर्नु भयो। उहाँले कोइँच गीतहरुमा मोडलिङ पनि गर्नुभएको छ भने अहिले सुनुवार ब्राम्लिच समाजको अध्यक्ष रहनुका साथै सुनुवार सेवा समाज संस्कृति तथा अनुसन्धान विभागका उपप्रमुख समेत हुनुहुन्छ ।