च. नं. ६८÷०७३÷७४
मिति : २०७३ मंसिर १३ गते

श्री अध्यक्ष ज्यू,
सबै जातीय संगठनहरु

विषय : नवौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको जातीय घटक संगठन, सम्बन्धन संगठन र संघीय परिषद सदस्यहरुको मिति २०७३ मंसिर ३ गतेको विस्तारित बैठकको सुझाब तथा यस महासंघ सचिवालयको निर्णय अनुसार नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको नवौं राष्ट्रिय महाधिवेशन पहिचान र अधिकारसहितको संघीयता आदिवासी जनजातिको अडान ! अपुरो र अधुरो संविधान संशोधनको लागि हाम्रो साझा अभियान !! भन्ने मूल नाराका साथ तपसिलको मिति र स्थानमा आयोजना हुने व्यहोरा जानकारी गराउन चाहन्छु । नेपाल आदिवासी जनजाति महासंघको विधान– २०४७–२०५३ (संशोधित २०६३) को भाग– ५ दफा १४.१ को उपदफा ‘क’ र ‘ख’ अनुसार उक्त राष्ट्रिय महाधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि त्यस ………………………………………………………………..बाट एक महिला एक पुरुष, २ जना संघीय परिषद सदस्य तथा मताधिकार व्यक्ति सहित ४ जना प्रतिनिधिहरुको नामावली र एए साईसको दुई–दुई प्रति फोटो सहित मिति २०७३ मंसिर २५ गतेसम्म महासंघको कार्यालय कुसुन्ती, ललितपुरमा कार्यालय समयभित्र पठाइदिनुहुन अनुरोध छ ।
पुनश्चः प्रतिनिधि नामावली पठाउनु अगावै तोकिएको दायित्व तथा सदस्यता शुल्क अनिवार्य दाखिला गर्नुहुन समेत अनुरोध छ ।
तपसिल
समुद्घाटन कार्यक्रम : मिति २०७३ पौष २ गते
श्री वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन ।
बन्द सत्र तथा निर्वाचन : मिति २०७३ पौष ३ र ४ गते नारायणी कला मन्दिर, नारायणगढ, चितवन ।

मा० पेम्बा गुरुङ भोटे
महासचिव

नवौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि सम्बन्धमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *