व्यवस्थापन मण्डल

किशोर सुनुवार (केशर बहादुर) / व्यवस्थापन मण्डल

काःतिचको पुख्र्यौली थलो काःत, पेलुमा २०३५ मा जन्मेका केसरबहादुर सुनुवार सामाजिक अभियन्ता तथा सञ्चारकर्मी हुन् । प्रारम्भिक शिक्षा कुण्डली प्रा.वि. काःतीबाट थालनी गरी हिमागंगा मा.वि. दोलुबाट प्रवेशिका उत्तीर्ण गरी नेपालखाल्डोमा उच्चा शिक्षा हाँसिल गर्न भासिएका उहाँ अहिले जनलय टिभीका अध्यक्ष, अगुल्टो साप्ताहिकका प्रबन्धक समेत हुन् । सुनुवार सेवा समाज कतारका कार्यवाहक अध्यक्ष मात्रै नभइ गैर आवासीय नेपाल समाजका सदस्य समेत भइ हुन् । हाल सुनुवार सेवा समाज संघीय समिति आर्थिक विभाग सदस्य सुनुवार कोइँच एप्स निर्माण समितिका संयोजक छन् ।