व्यवस्थापन मण्डल

गोपालबहादुर सुनुवार / सह संयोजक

२०२७ सालमा साब्ला खापिङमा जन्मेका गोपालबहादुर सुनुवार समाजसेवी तथा चस्मा निर्माण व्यवसायी हुन् । बुज थिँःकापमा २०३२ सालमा गई पिपलडाँडा स्कुलबाट प्रारम्भिक शिक्षा शुरु गरेका सुनुवारले सानै उमेरदेखि नेपालखाल्डोमा पसेर संघर्ष गरी २०६० देखि चस्मा निर्माण व्यवसायी बनेका हुन् । कोइँच समाजका लागि मरिमेट्ने समाजसेवी सुनुवार, २०४५ सालदेखि सुनुवार सेवा समाजमा आवद्ध छन् ।  सुनुवार सेवा समाज काठमाडौं क्षेत्रीय समितिमा कोषाध्यक्ष तथा सुनुवार सेवा समाज काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष भएर कोइँच पहिचानकाे लागि काम गरेका उहाँ अहिले तथा सुनुवार सेवा समाज आर्थिक विभागका सदस्य समेत हुन् । सुनुवार समाज ऋण तथा वचत सहकारी संस्थाका उपाध्यक्ष समेत रहँदै आउनु भएकाे छ।