हाम्रो बारेमा

काेइँच दुर्दा Koĩts Durdaa कोइँच अन तथा अफलाइन भाषा सिकाउने एप्स हाे । सुनुवार सेवा समाज संस्कृति तथा अनुसन्धान विभागको मातहतमा गठित काेइँच अन तथा अफलाइन भाषा प्रशिक्षण एप्स निर्माण समितिकाे काेइँच पहिचान अक्षुण्ण राख्न तथा विश्वभरी छरिएर रहेका काेइँचहरुलाई एकतावद्ध गर्ने अभियान पनि हाे ।
कोइँच मातृभाषा नेपालको राष्ट्रभाषा हो । कोइँच मातृभाषाको प्रचलित शब्दहरुको सङ्ग्रह गरी आवश्यक परिभाषा तथा उदाहरण समेत दिएर व्यवहारोपयोगी शब्दकोश तथा अंकीय पाठ्यपुस्तकसमेत यसमा समावेश छ । आदिवासी कोइँचको सर्वाङ्गीण विकास तथा पहिचानमा मातृभाषाको व्यापक प्रचारप्रसार, विकास तथा विस्तारमा यस काेइँच दुर्दाले ठूलो योगदान दिने छ भन्ने मलाई विश्वास छ । कोइँच पहिचानको गौरव बढाउने यस्ता महत्वपूर्ण कार्यमा विभिन्न विद्वान् वर्ग, मनकारी दानवीर तथा शुभेच्छुकहरुबाट पाएको सहयोग र सद्भावनाले यो काम सम्भव भएकाे छ । काेइँच दुर्दा भविश्यकाे लागि काेइँच वृहत् शब्दकोश निर्माण गर्ने आधार हो । र सरल काेइँच सिक्ने अन तथा अफलाइन पाठ्यपुस्तककाे सँगालो हो ।यसमा २२ वटा पाठ छन् । र तो २२ वटा पाठमा प्रयोग भएका शब्द मात्रै यस एप्सकाे शब्दकोशमा प्रविष्टि गरेकाे हुँदा पाठसँग असम्बन्धित शब्दहरु यहाँ पाइने छैन । २२ वटा पाठ पढीसकेपछि तपाइँ कोइँच भाषामा राम्ररी कुराकानी गर्न सक्नुहुने छ । काेइँच पहिचानकाे वारेमा सामान्य ज्ञानार्जन गर्न सक्नुहुने छ । यो एप्स विशेषागरी प्रारम्भिक काेइँच भाषा सिक्न चाहनेकाे लागि लक्षित गरेर विकास गरिएकाे छ । पहिलो पाठ कसैसँग भेट हुँदा अभिवादन गर्न र कसैलाई स्वागत गर्न वा धन्यवाद दिन मात्रै जाने पनि ठुलो उपलब्धि हो भन्ने हुतेले परिचयबाट पाठ शुरु गरिएकाे छ भने याे पाठ्यपुस्तक पढी सकेपछि वा अन्तिम २२औं पाठमा पुगेपछि मुक्दुमका सामान्य ज्ञान समेत आर्जन हुने छ । यसैले बढी भन्दा बढी अभ्यासमुलक हाेस् भनेर सोधिएकाे प्रश्नहरु हल नगरी अर्को पाठमा जान सकिने छैन । काेइँच भएर काेइँच भाषाकाे हत्यरा हुँदिन भन्ने सबैमा आत्मबोध हुनसकोस् भनेर पाठहरुमा बढी अभ्यास राखिएकाे हो । हाम्रो लक्ष्य भनेकाे तपाइँ तपाइँ बढी व्यवहारिक हुनुहोस् भन्ने हो । खुकुरी जति चलायो खिया लाग्दैन भाषा पनि जति बोल्यो मरेर जाँदैन ।

मिति २०७६ चैत्र १५ गते