अध्यक्षबाट सन्देश

सामाजिक अभियन्ता तथा मातृभाषाप्रेमीहरुको अथक प्रयासले अनलाइन कोइँच शब्दकोशको जन्म भएको छ । कोइँच अन तथा अफलाइन शब्दकोश निर्माण समिति र संस्कृति तथा अनुसन्धान विभागको अहोरात्र खटाइले यो सम्भव भएको प्रति कुनै शंका गर्ने ठाउँ छैन । धेरै समयको पर्खाइपछि अब तपाईको हात हातको मोबाइल डिभाइसमा कोइँच पहिचानको द्योतक कोइँच शब्दकोश आइपुगेको छ ।
कोइँच मातृभाषा नेपालको राष्ट्रभाषा हो । यस मातृभाषाको जीवन्तताले गर्दा यसले दिन–परदिन विशेष प्रगति गर्दै आएको कुरा सर्वविदितै छ । कोइँच मातृभाषाको प्रचलित शब्दहरुको सङ्ग्रह गरी आवश्यक परिभाषा तथा उदाहरण समेत दिएर व्यवहारोपयोगी शब्दकोश तथा अंकीय पाठ्यपुस्तकसमेत प्रकाशित गर्ने योजनानुरुप कोइँच शब्दकोश तयार पारेर सुनुवार सेवा समाजले एउटा महत्वपूर्ण कार्य सम्पादन गरेको छ । आदिवासी कोइँचको सर्वाङ्गीण विकास तथा पहिचानमा मातृभाषाको व्यापक प्रचारप्रसार, विकास तथा विस्तारमा यस अनलाईन शब्दकोशले ठूलो योगदान दिने छ भन्ने मलाई विश्वास छ ।
कोइँच पहिचानको गौरव बढाउने यस्ता महत्वपूर्ण कार्यमा विभिन्न विद्वान् वर्ग, मनकारी दानवीर तथा शुभेच्छुकहरुबाट पाएको सहयोग र सद्भावनाका लागि सुनुवार सेवा समाज उहाँहरुप्रदि हार्दिक आभार प्रकट गर्दछ ।


मिति २०७६ चैत्र १५ गते

रणवीर सुनुवार
अध्यक्ष
सुनुवार सेवा समाज संघीय समिति