प्रकाशकीय

कहिले काहीँ उल्लु सपनाले पनि साकार रुप लिने गर्छ । वास्तवमा हामीलाई शब्दकोश भन्ने कुरा के हो र कस्तो हुन्छ भन्ने नजान्दा नजान्दै पनि शब्दकोश बनाउनुपर्छ भनेर मच्चियौं । यही बहुलट्ठीपनले नै आज तपाईको घर तथा कार्यालयको कम्प्युतर सेट, हात हातको मोबाइल सेट, ट्याब्लेटहरुमा उपस्थिति जनाउन आइपुगेका छौं । यस वीच हामीले धेरै उत्तारचढव व्यहो¥यौं । कहिले तीव्र गतिमा अगाडि बढ्थ्यौं कहिले सुस्त सुस्त हुँदै हराउँथ्यौं पनि । तपाईहरु माझ आइपुग्न हामीलाई धेरै नै कष्ट भयो । हामी हामीमै पनि मत मतान्तर रह्यो कहिले । कहिले एकापसमा मनमुटाव भए जस्तो पनि भयो । सारा कोइँचको मुख बुचो लगाउने गरी कसैले कुरा नकाट्ने गरी, सबैलाई समेटेर जाने ध्येय थियो हाम्रो । तर त्यसो गर्दा कतिपय अवस्थामा असहयोगको अनुभूतिसमेत हामीले व्यहो¥यौं । कतिले एप्सको नाम गरेर पैसा उठाएर खाने बाटो गरेको पनि भने । कतिले सहयोग दिएको रकम पनि फिर्ता गरे । कतिले वचन दिए तथा रकम दिएनन् । कोही हामीसँग चर्चरी बाझ्नै नै आए । कहिलेकाही आफ्नै नातागोतामा समेत फाटो ल्यायो । कतै अविश्वास कतै भरोसा । यस्तै यस्तै खिचिङमिचिङ कता के नमिलेको कता के विग्रेको जस्तो अवस्थाबाट गुज्रिदा गुज्रिदा नै हामीले काम ग¥यौं ।
औपचारिक रुपमा कोइँच क्याफे बौद्धमा कोइँचका सबै विद्वान तथा सामाजिक अभियन्ता, शुभेच्छुकहरुको भेलाबाट एप्स निर्माणको सार्वजानिक घोषणा गरियो ।
२०७० मा जोरपाटी छहारी क्लबको चियापसलको ५००० हजार बैनाबट्टाबाट पैतो सारेको एप्स निर्माण कार्यले आज सकाररुप लिएको छ । सबै शुभचिन्तक तनमनधनले सहयोग गर्नुहुने महान दानवीर शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं ।

कोइँच सुनुवार मातृभाषा जोगाउने अभियानमा सन्सार प्राविधिक युगमा प्रवेश गरीसकेको अवस्थामा हाम्रो मातृभाषालाई पनि मोबालमा खोज्दा, हेर्दा भेट्टाउन सकियोस् भन्ने परिकल्पना गर्दै सुनुवार ग्रुप कम्पनी कोइँच क्याफे, बौद्धमा माननीय यग्यराज सुनुवारको प्रमुख आतिथ्यमा सुनुवार सेवा समाजका पदाधिकारीसहितको भेलाले किसोर सुनुवारको संयोजकत्वमा पाँच सदस्यीय कोइँच अन तथा अफलाइन एप्स निर्माण समिति गठन भयो । सह संयोजकमा सुसेस काठमाडौं जिल्ला अध्यक्ष गोपाल बहादुर सुनुवार, कोषाध्यक्षमा गोकर्णेश्वर सुनुवार सेवा उपाध्यक्ष मनु सुनुवार, सदस्यमा अतिरीक्त तथा युवा क्रियाकलाप विभाग प्रमुख जीवनकुमार सुनुवार र सदस्य सचिवमा ब्राम्लिच समाजका अध्यक्ष शिव सुनुवारको चयन भयो ।
सोहि क्रममा कोषाध्यक्ष मनु सुनुवारले पारिवारिक कारण राजिनामा दिएपछि पार्वती सुनुवारलाई कोषाध्यक्षमा चयन गरिएको थियो।
भेलाको निर्णय र प्रस्तावलाई सुनुवार सेवा समाज संघीय समितिमा पेश गरेपछि कोइँच अन तथा अफलाईन एप्स निर्माण समितिले आधिकारीकता प्राप्त गरेको थियो । सुनुवार सेवा समाजले संस्कृति तथा अनुसन्धान विभाग अन्तर्गत एप्स समितिलाई वैधानिकता प्रदान गरेपछि देशविदेशका कोइँच दाजुभाईहरुलाई पत्रचार गरियो र घरदैलो कार्यक्रमलाई तीव्र बनाइयो । सोही दौरान विभिन्न अग्रज तथा राजनीतिक समुदायमा अन्तरक्रिया गरि घरदैलो अभियान गरियो र अहोरात्र यस अभियानलाई अगाडी बढायौं र आर्थिक सहयोग संकलन गर्ने काम भएको थियो। सो सिलसिलामा सबै जिल्ला नगर वडास्तरीय घरदैलो अभियान जारी राख्यौं। त्यसक्रममा विभिन्न सुनुवार जानकारविद ज्युहरुसंग परामर्श र सहयोग माग्ने काम भएतापनि जननिर्वाचित सुनुवार समुदायबाट खासै चासो नदेखाएकोले फेरी जिल्ला नगर वडास्तरीय घरदैलो अभियान जारी राख्यौं। अभियानलाई पु्र्वीय जिल्ला ईलामबाट सुरु गरियो र २०७६्०५्११ गतेूभाषा बचे संस्कृति बच्छ, संस्कृति बचे जाति बच्छ । मुल नारा लिएर सिन्धुली जिल्ला सुनुवार सेवा समाज सिन्धुलीबाट निरन्तरता दिइएको थियो र सिन्धुली जिल्लाको दुधौली नगरपालिका, सुन्सरी जिल्लाको ईटहरी नगरपालिका लगायत मोरङ, झापा, ईलाम, पाँचथर, ताप्लेजुङ उदयपुरमा अभियान समाप्त भएको थियो।
त्यो अवस्थाको कठिनाइ दिन रातको हिडाइ र त्यहा रहनुभएको सम्पुर्ण सुनुवार बन्धुको भनाई तर्क चाहना अनुरुप केन्द्रीय समितमा हाम्रो प्रतिवेदन पेश गरिएको थियो र त्यसपछि एप्स निर्माण टिमलाई आर्थिक अभाव भई प्राविधिक काम अलि ढिलो भएको थियो र अन्तत हामीले आर्थिक समस्याका कारण काम नसक्ने अवस्था आएपछि हामी निकै पछि धकेलिने काम भयो र सबैको आलोचना भयो र हाम्रो टिम बीच पनि विवाद र सहयोग नगराउने वातावरण सृजना भयो। तैपनि हामीले त्यो कामलाई निरन्तरता दिई रह्यौ। हामीले विदेशमा हुने साथीहरूलाई पनि पत्राचार गर्ने काम गरेका थियौं र आफ्नो भाषा संस्कृति धर्म लाई माया गर्ने हामीलाई भाषा चाहिन्छ भनिरहने र पहिचान जोगाउनु पर्छ भन्ने विदेशमा रहेका सुनुवार समुदाय र व्यक्तिगत हिसाबले पनि आर्थिक सहयोग गर्नु भएकाले मात्र नभई हामीलाई माया गरेर र पहिचानको निम्ती सुनुवार समुदायबाट आर्थिक सहयोग भयो र यहाँहरुलाई म सदस्य सचिव हार्दिक आभार व्यक्त गर्दछु। वास्तविक कुरा त पहिचानको निम्ती र आफ्नो भाषा संस्कृति धर्म प्रति सबै एक जुट हुनु पर्छ र हुने हो भन्ने मेरो चाहना हो। यस भित्र परेका दुःख कष्ट र समस्या यसमा दर्शाउने मेरो मनले उलि दिएको हैन र त्यो टिप्पणी गरेर समय खेर फाल्नु भन्दा यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने कुरामा समय खर्चिए यो कति उत्तम हुने लाग्छ।
आलोचनाले काम गर्नेलाई पनि काम गर्न नदिनु र नयाँ विचार नयाँ सोच ल्याउनेलाई आफु भन्दा अब्बल र मैले भन्दा जानेको अरु कोही छैन भन्ने घमण्ड प्रति असन्तुष्टि पनि राख्न चाहन्छु। त्यसैले विकास पनि नहुने र हामी आफ्नो सन्तती लाई आफ्नो पहिचान राखी राख्न र जोगाउन सिकाउने काम गर्नसकिने मेरो विचार हो। अन्तत सम्पुर्ण सहयोगी दाता , विदेश, साखा, जिल्ला समिति, नगर समिति, वडा समिति सम्पुर्णलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छु। त्यो भन्दा पनि यस एप्स निर्माणको लागि भाषा संस्कृति विभाग प्रमुख संघीय समितिका उत्तम सुनुवार ज्युलाई दिन चाहन्छु र सुनुवार सेवा समाज संघीय समितिका पदाधिकारी ज्यु, अध्यक्ष उपाध्यक्ष कोषाध्यक्ष महासचिव सम्पुर्ण केन्द्रीय कमिटी लाई धन्यवाद दिन चाहन्छु। र यस एप्स निर्माणको लागि प्राविधिक सहयोग दिने राम कुमार तामाङ ज्यु, भाषा सम्पादन गरिदिने डा। लाल रापचा ज्यु, शोभा सुनुवार ज्यु लाई धन्यवाद दिदै हाम्रो सम्पुर्ण एप्स निर्माण टिमलाई धन्यवाद दिन चाहन्छु।
येरेदुमेन