‘कोइँच बु’ पत्रिका प्रकाशन गर्न लागिरहेकोले सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने कोइँच सुनुवारहरूले आफ्नो तर्फबाट लेख रचना तथा प्रकाशनयोग्य सामग्री उपलब्ध गराइ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ ।
कोइँच सुनुवार जातिको ऐतिहासिक, सामाजिक, लोक संस्कार–संस्कृति, रीतिरिवाज, परम्परा, भेषभूषासँग सम्बन्धित रचना तथा कोइँचसँग सम्बन्धित चित्र/ तस्बिरहरूलाई प्राथमिकता दिइने छ ।
कोइँच सुनुवार भाषा, गाउँको चिनारी, व्यक्ति व्यक्तित्व चर्चा, पेशा, व्यवसाय र सूचना प्रविधि, स्वास्थ्य, खेलकुद, मनोरञ्जनसम्बन्धी सामग्रीहरू सकेसम्म आदिवासी दृष्टिकोणबाट समेटिएको हुनुपर्नेछ ।
प्रकाशनका लागि तपाईसँग भएका विभिन्न प्रकारका चित्र–तस्बिरहरू पनि उपलब्ध गराउन सक्नुहुनेछ साथै पठाइएका सामग्रीहरू स्तरीय, खोजमूलक, तथ्यपरक र सूचनामूलक हुनुपर्नेछ ।
लेख रचना पठाउने ठेगाना:
सूचना तथा सञ्चार विभाग
सुनुवार सेवा समाज, कोटेश्वर–३५, काठमाडौं ।
फोनः ९७७–०१–४१५४०५०, Website: sunuwar.org.np
samusu@gmail.com, chuplu@gmail.com, lettersws@gmail.com, kaatich@gmail.com

लेख रचना पठाउन अत्यन्त जरुरी सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *